Mahotry_police
हुलाकी न्यूज, जलेश्वर ६ जेठ । अपहरणका आरोपीहरु विरुद्ध राजनीतिक दबाबका कारण जिल्ला प्रहरी कार्यालय महोत्तरीले जाहेरी दर्ता नगरेको पीडित पक्षले आरोप लगाउँदै आएको छ ।

उक्त घटनामा पुनराबेदन अदालत जनकपुरले जाहेरी दर्ता गर्न मरमादेश जारी गरेको छ ।

महोत्तरीको ईटहर्वा ५ का राकेश ठाकुरले आफ्नो दुई छोरीलाई अपहरण गर्ने विरुद्ध जिल्ला प्र्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जाहेरी दर्ता नगरेको भन्दै २०७२ फागुन ६ गते पुनरावेदन अदातलमा रिट दायर गरेका थिए ।

सो रिटमाथि सुनवाई गर्दै पुनरावेदन अदालत ईजलास नं. १ का न्यायधीस पुरुषोत्तम भण्डारी र रामेश बहादुर थापाको संयुक्त ईजलासले महोत्तरी प्रहरीलाई अपहरणका आरोपी विरुद्ध जाहेरी दर्ता गर्न परमादेश जारी गरेको हो ।

महोत्तरीको ईटहर्वा ५ का राकेश ठाकुरलका १० वर्षकी छोरी शिवानी ठाकुर र ७ वर्षकी आरती ठाकुर गएको पुस १८ गते खेतमा दाउरा हेर्न गएको बेला अपहरणमा परेकी थिईन् । अपहरणमा परेको ११ दिनपछि पुस २९ गते साँझ ७ बजे धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारस्थित पुलको तल रोई रहेको अवस्थामा फेला परेकी थिईन् । ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले दुवै बालिकालाई कार्यालयमा ल्याई अविभावकको जिम्मा लागएका थिए ।

प्रहरी र अविभावकको बालिकाहरुसंगको वयानअनुसार अपहरणमा ९ जना संलग्न थिए । छोरीले ९ जना मध्ये गाउँकै रहेको ५ जनालाई चिनेको र प्रहरीले उनीहरु विरुद्ध शुरुमा अपहरण विरुद्ध जाहेरी दिन आग्रह गरेका थिए । तर ठाकुरका अनुसार पछि महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले राजनीतिक दवावमा उल्टे डराउँदै धम्काउँदै अपहरण विरुद्ध जाहेरी दर्ता नगर्ने अडान लिएपछि पुनरावेदन अदालत जनकपुरमा आफैले प्रहरी विरुद्ध रिट दायरका थिए । सोहि रिटमाथि सुनवाई गर्दै पुनरावेदन अदालतले मंगलबार यस्तो आदेश दिएको पिडीत ठाकुरले जानकारी दिएका छन् । स्थानीय पत्रिका मिथिलाञ्चल विशेषमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.