
हुलाकी न्यूज, काठमाडौं ५ जेठ । आन्दोलनरत संघीय गठबन्धनबाट तीनवटा पार्टी बाहिरिएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनका साँझेदार तीनवटा दल बाहिरिएको घोषणा गरेको छ ।
गठबन्धनबाट बाहिरिनेहरुमा लोक दल, बहुजन समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक पार्टी नेपाल रहेका छन् ।
संघीय गठबन्धन एकलौटी ढंगले अगाडि बढेको र पीछडा वर्ग लगायतकाहरुको मुद्दा नजरअन्दाज गरेकोले आफुहरु बाहिरिएको लोक दलका अध्यक्ष कौशल सिंहले हुलाकी न्युजलाई बताए ।
केही नेताहरुको चंगुलमा संघीय गबठन्धन चलेको भन्दै आफुहरु स्वतन्त्र भएर आगामी दिनमा आन्दोलनको कार्यक्रम घोषणा गर्ने सिंहले बताए ।




namee n sune ko ate party ho ye ke niskine ke n niskine thuk