Gathabandhan_sedul-1
हुलाकी न्यूज, काठमाडौं ५ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २९ दलीय संघीय गठबन्धनले काठमाडौंको शान्तिबाटीकाबाट आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

गठबन्धनको थप कार्यक्रम अनुसार काठमाडौं केन्द्रीत आन्दोलन जेठ १५ गतेसम्म चल्नेछ ।

उपत्यकाको तीनवटै जिल्लाको विभिन्न चौकमा विरोध सभा र रैली प्रदर्शन गरिनेछ ।

विरोधका कार्यक्रमहरुको जिम्मेबारी विभिन्न दललाई बाँडफाँडसमेत गरिएको छ ।

त्यस्तै जेठ १६ गते वीरगञ्जमा विरोध सभा गरिनेछ भने जेठ १७ गते पोखरामा विरोध सभा गर्ने गठबन्धनले निर्णय गरेको छ ।

Santibatika_morcha

यता गठबन्धनले काठमाडौं शान्तिबाटीकामा शान्तिपूर्ण प्रदर्शन गर्दै विरोध सभा गरेको छ । विरोध सभामा तमलोपा र सदभावना पार्टीका अध्यक्ष अनुपस्थित थिए ।

Gathabandhan_sedul-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.