1

हुलाकी न्यूज, काठमाडौं ५ जेठ । आन्दोलनरत संघीय गठवन्धनले थप १० दिन आन्दोलन गर्ने घोषणा गरेको छ । काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आज बसेको गठबन्धनको बैठकले थप १० दिने आन्दोलन घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमको विस्तृत खाका भने आज दिउँसो शान्तिवाटिकामा हुने विरोधसभाबाट घोषणा गरिने गठबन्धनले जनाएको छ । बैठकले काठमाडौंकेन्द्रित आन्दोलन पूर्ण रूपमा सफल भएको निष्कर्षसमेत निकालेको छ ।

गठबन्धनले यसअघि कुनै एक समुदायको मात्र आन्दोलन भएको भन्ने भ्रम परेकोमा काठमाडौंकेन्द्रित आन्दोलनले सबै उत्पीडित नेपालीको राष्ट्रिय आन्दोलन भएको कु्रा बुझाएको ठहर गरेको छ ।

आन्दोलन निर्णायक दिशामा अगाडि बढिरहेको भन्दै बैठकले आन्दोलनलाई थप शान्तिपूर्ण र निर्णायक बनाउने निर्णयसमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.