
हुलाकी न्यूज, काठमाडौं ४ जेठ । संघीय गठबन्धनले गरेको काठमाडौंकेन्द्रित आन्दोलनअन्तर्गत बुधवार रत्नपार्कको शान्तिवाटिकामा आमसभा गर्दैछ ।
काठमाडौंकेन्द्रित आन्दोलनको पहिलो चरणको यो अन्तिम कार्यक्रम हुनेछ । अर्को चरणको आन्दोलनको कार्यक्रम तय गर्न बुधवार बिहान ८ बजे गठबन्धनको बैठक बस्दैछ ।
गठबन्धनले मंगलवार बालुटावार तथा आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको थियो ।



