12

हुलाकी न्यूज, काठमाडौं ४ जेठ । मधेशी मोर्चासहित संघीय गठबन्धनले आज गरेको बालुवाटार घेराउका क्रममा झडप भएको छ । आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि केहीबेर झडप भएको हो ।

झडपका क्रममा २० जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । घाइते हुनेमा गठबन्धनका शीर्ष नेताहरू पनि छन् ।

सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपाकी उपाध्यक्ष रानीशर्मा तिवारीलगायत नेता तथा कार्यकर्ता घाइते भएका छन् । सुरक्षाकर्मीले बाटोमै निषेधाज्ञा लगाएपछि आन्दोलनकारीले प्रहरीको अवरोध तोडेका थिए ।

बालुवाटार घेराउको संघीय गठबन्धनका शीर्ष नेताहरूले विभिन्न स्थानबाट नेतृत्व गरिरहेका छन् । बालुवाटार प्रवेश गर्ने मुख्य क्षेत्र महाराजगञ्ज, टंगाल र लाजिम्पाटमा आन्दोलनकारीले धर्ना दिइरहेका छन् ।

त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले हिजै प्रधानमन्त्री निवासको चारैतिर निषेधित क्षेत्र तोकेको थियो ।

दुई दिन सिंहदरबार घेराउ गरेको गठबन्धनले आज बालुवाटार घेराउ गर्ने निर्णय गरेको थियो ।

98710364

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.