
हुलाकी न्यूज, काठमाडौं ३ जेठ । आन्दोलनरत मधेशी मोर्चासहित संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने निर्णय गरेको छ ।
दुई दिनसम्म नेपालको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार घेराउ गरेको गठबन्धनले अब भने प्रधानमन्त्री निवास नै घेर्ने निर्णय गरेको हो ।
आजको घेराउ कार्यक्रम सकिएलगतै काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको गठबन्धनको बैठकले मंगलवार बिहान १० बजेबाट बालुवाटार घेराउ गर्ने निर्णय गरेको हो ।
यसअघि, आइतवार साँझ बसेको बैठकले मंगलबारसम्म सिंहदबार घेराउ गर्ने निर्णय गरेको थियो ।



