gathabandhan meeting

हुलाकी न्यूज, काठमाडौं २ जेठ । संघीय गठबन्धनले सोमबार र मंगलबार पनि सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ । काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आइतवार साँझ बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा गठबन्धनका संयोजक उपेन्द्र यादवले आइतबार सुरु भएको सिंहदरबार घेराउ कार्यक्रमलाई सोमबार र मंगलबार पनि निरन्तरता दिने बताए । आइतबारको सिंहदरबार घेराउ कार्यक्रम पूर्ण रूपमा सफल भएको गठबन्धनले निष्कर्ष निकालेको छ ।

गठबन्धनले काठमाडौंकेन्द्रित आन्दोलनलाई शान्तिपूर्ण ढंगले उचाइँमा पु¥याउने गरी अघि बढ्ने निर्णयसमेत गरेको छ ।

बैठकमा संघीय गठबन्धनका शीर्ष नेताहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.