हुलाकी न्यूज, काठमाडौं २ जेठ । मधेशी मोर्चासहित दलीय संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गरेको छ । सिंहदरबार घेराउका लागि २९ दलीय गठबन्धनका नेता तथा कार्यकर्ता माइतीघर मण्डला, अनामनगर, पद्मोदयमोड, भद्रकालीलगायत क्षेत्रमा धर्ना दिइरहेका छन् ।
घेराउको नेतृत्व गठबन्धनका शीर्ष नेताहरूले गरिरहेका छन् । सिंहदरबार छिर्ने विभिन्न सडकमा चारैतिर गठबन्धनका शीर्ष नेताहरूको नेतृत्वमा धर्ना जारी छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका राजेन्द्र महतोलगायत नेताहरूले हनुमानस्थान र माइतीघर मण्डलाको नेतृत्व गरिरहेका छन् ।
त्यस्तै, तमलोपा, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टीलगायतका नेता तथा कार्यकताहरू पनि धर्ना दिइरहेका छन् । त्यसैगरी, आदिवासी–जनजातिसम्बद्ध पार्टीका नेताहरूले विभिन्न स्थानको नेतृत्व सम्हालेका छन् ।
आन्दोलनकारीहरूले आ–आफ्नै किसिमले प्रदर्शन गरिरहेका छन् । धर्ना, नाराबाजीका साथै गीत–नृत्यको माध्यमबाट पनि उनीहरूले सरकारको विरोध गरिरहेका छन् । आज बिहानैबाट विभिन्न स्थानबाट निस्किएका जुलुस ९ बजे सिंहदरबार पुगेको थियो । यसअघि, गठबन्धनले शनिवार रत्नपार्कमा ¥याली निकालेर शक्ति प्रदर्शन गरेको थियो ।
यसैबीच, संघीय गठबन्धनको आन्दोलनलाई मध्यनजर गर्दै सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार बिहानैबाट सिंहदरबार आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
जुलुस व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू पनि खटिएका छन् ।
बिहान नौ बजेबाट सुरु भएको घेराउ कार्यक्रम बेलुका पाँच बजेसम्म चल्नेछ ।












Yes, this is the right act and right struggle. India ko pachi lagera hoina , aphnai bhumi ma garnu parcha ! Nepal ko itihas ma harek rajnitik ladai yahi ko bhumi ma bhyako chha. pick ma puge pachi anabasyak hastakhhet ra jas line kam india le line gareko chha. aba chahi yahi ko mato bata yahi ka leaders haru bata solution nikliyuas vane sahayog, samsarthan ra vawana ho!!! Nepal lai Nelson Mandela ra Marthin Luther Kings Jr chahiyako chha, CK Raut kadapi hoina