13244719_641204699366623_5649107092888526106_n

हुलाकी न्यूज, काठमाडौं १ जेठ । मधेशी मोर्चासहितको संघीय गठबन्धनले आज काठमाडौंमा बृहत् जनप्रदर्शन गरेको छ । गठबन्धनले काठमाडौंको रत्नपार्क शान्तिवाटिकामा दिउँसो ३ बजे प्रदर्शन गरेको हो ।

आज भएको प्रदर्शनलाई भोलि हुने सिंहदरबार घेराउको तयारीका रुपमा पनि लिइएको छ । काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुन विभिन्न जिल्लाबाट गठबन्धनका नेता तथा कार्यकर्ताहरू राजधानी आएका छन् ।

अर्कोतर्फ गठबन्धनले भोलि गर्ने सिंहदरबार घेराउ कार्यक्रमलाई ध्यानमा राखी सरकारले सुरक्षा व्यवस्था पनि कडा पारेको छ ।

यसअघि, शुक्रवार गठबन्धनले पत्रकार सम्मेलन गरी २६ बुँदे माग पूरा भए मात्र वार्ताको वातावरण बन्ने स्पष्ट पारेको थियो ।

पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक उपेन्द्र यादवले आन्दोलनमा सरकारले बल प्रयोग गरे आफूहरूले जनताको सहारा लिएर प्रतिवाद गर्ने चेतावनी पनि दिनुभएको थियो ।

13238892_1248234771868405_1830927971586275165_n

13178514_495788140620046_3445143629748768635_n13230222_495788227286704_8389829188048474730_n13221669_495788130620047_4745638922232739812_n

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.