12_01_2016-dacoity_120116

हुलाकी न्यूज, सिरहा १ जेठ । सिरहाको मिर्चैया नगरपालिका–७ जीबामा डकैती भएको छ । गएराति करिब १५ जनाको समूहमा आएका हतियारधारीले तीन वटा घरमा लुटपाट गरेका हुन् ।

हतियारधारीले १० लाखभन्दा बढीको धनमान लुटेर लगेका छन् । उनीहरूले गरगहना, नगद, ल्यापटपलगायत लुटेर लगेको पीडितले बताएका छन् ।

डकैतसँगको प्रतिकारका क्रममा स्थानीय ललिता यादव घाइते भएकी छिन् ।

घटनास्थल आईजीपी उपेन्द्रकान्त अर्यालको घरनजिक पर्छ । त्यस्तै, घटनास्थलबाट इलाका प्रहरी कार्यालय करिब पाँच सय मिटरको दूरीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.