aim_electation
हुलाकी न्यूज, काठमाडौं ३० बैशाख । नेपालमा बस्ने कि स्वतन्त्र मधेश देश बनाउने विषयमा जनमत संग्रह गराएकाहरु जनही पाँच–पाँच हजार धरौटीमा रिहा भएका छन् ।

बुधबार विशेष अदालत काठमाडौंले उनीहरुलाई पाँच–पाँच हजार धरौटी राखी रिहा गरेको हो ।

केही महिना अघि सिरहा जिल्लाको एक गाविसमा उनीहरुले जनमत संग्रह गराएका थिए । उक्त जनमत संग्रहमा मधेश देश बनाउने पक्षमा अत्याधिक मत खसेको उनीहरुले दाबी गरेका थिए ।

त्यस पछि उनीहरुलाई नेपाल प्रहरीले पक्राउ गरी राष्ट्र विप्लबको मुद्दा चलाएको थियो ।

उक्त मुद्दामा केदार यादव र बालेश्वर यादव पाँच–पाँच हजार धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेकाहरुले आफुहरुले अन्तर्राष्ट्रिय मान्यता अनरुप जनमत संग्रह गराएको दाबी गर्दै आएका छन् । उनीहरुले नेपाल सरकारको कुनै कानुन नमिचेको र नेपालमा समस्या र्शिजना नगरेको दाबी गरेका छन् ।

Refrendum case

डा.सीके राउत पुनः २५ हजार धरौटीमा रिहा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.