Bidhut_pradhikaran

अमरेन्द्र कुमार यादव, महेन्द्रनगर ३० बैशाख । मुलुकभर लोडसेडिङको बिकराल समस्या भएको बेला बिद्युत् चुहावट गर्ने ११ जनालाई नेपाल विद्युत प्राधिकरण शाखा महेन्द्रनगरले पक्राउ गरेको छ ।

विधुत प्राधिकरण महेन्द्रनगर शाखाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा १ दिनमै क्षीरेश्वरनाथ नगरपालिकाको विभिन्न गाउँहरु बाट ११ जनालाई पक्राउ गर्न सफल भएको कार्यालय प्रमख सरोज कुमारले हुलाकी न्यूजलाई बताए ।

विद्युत् प्राधिकरण शाखा महेन्द्रनगरको कार्य क्षेत्रमा भइरहेको व्यापक विधुत चुहावटको साथै बढदो ट्रान्सफर्मरको उड्ने समस्या आईरहेको बेला नियन्त्रण गर्ने उदेश्यले विषेश अभियान सञ्चालन गरेर १ दिनमै ११ जना व्यक्ति सहित दर्जनौ पानी तान्ने मोटर, फ्रिज, डि फ्रिज लगायतका विद्युतीय उपकरणहरु नियन्त्रणमा लिएको बताए ।

क्षीरेश्वरनाथ नगरपालिकाको विभिन्न गाउँहरुबाट पक्राउ गरि ल्याएका ११ जनामाथि जनही ५ हजार जरिवाना गरेर ५५ हजार राजस्व संकलन गरिएको हो भने विधुतीय उपकरणहरु प्राधिकरणको नियन्त्रणमा रहेको प्रमुख कुमारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.