Indian-Parliament-House-Sansad-660x330
काठमाडौं ३० वैशाख । भारतको सत्तारुढ भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले चीनको समर्थन लिएर नेपालले भारतलाई धम्की दिएको आरोप लगाएका छन् । बुधबार लोकसभाको शून्य समयमा बोल्दै दुबेले कमजोर नेपालले भारतलाई धम्की दिएको आरोप लगाएका हुन्
‘कमजोर हुँदाहुँदै पनि नेपालले चीनको आडमा भारतलाई धम्की दिन खोज्दै छ ।

अब पाकिस्तान र बंगलादेशसँग जस्तै भारतले नेपालको सीमामा पनि तारबार लगाउनुपर्छ,’ झारखण्डबाट लोकसभामा निर्वाचित दुबेले लोकसभामा भने, ‘नेपाल चीनतिर ढल्किँदै छ जुन पशुपतिदेखि भारतको तिरुपतिसम्म रेड कोरिडोर विस्तारका लागि हतियार हो ।’

Nishant_dube
नेपालसँगको कमजोर सिमाना भारतविरोधी शक्तिका लागि स्नायुकेन्द्र जस्तै बनेको दुबेले आरोप लगाए । यस्तै कारण भारतको आइसी ८१४ विमान काठमाडौंबाट अपहरणमा परेकोसमेत उनको भनाइ थियो । भारतीय सरकारी समाचार एजेन्सी पिटिआईका अनुसार सांसद दुबेले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको फिर्ताबारे पनि आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘यो षड्यन्त्रबाहेक अरू केही होइन ।’

लोकसभामा दुबेले बोल्दाबोल्दै कंग्रेसका सांसदले आपत्ति जनाएका थिए । ज्योतिरादित्य सिन्धियालगायतका सांसदले छिमेकीका लागि सत्तारुढ दलका सांसदको टिप्पणी शोभनीय नभएको बताएका थिए ।

तर, कंग्रेसका सांसदको भनाइको चर्को विरोध गर्दै दुबेले जवाहरलाल नेहरू, इन्दिरा गान्धी र राजीव गान्धीले लिएको नीतिका कारण नेपालमा समस्या खडा भएको आरोप लगाए । सिन्धियालाई जवाफ दिँदै दुबेले भने, ‘नेपालविरुद्ध नाकाबन्दी लगाएर राजीव गान्धीले समस्या खडा गरे ।’ तर, पछिल्लो भारतीय नाकाबन्दी र मधेस समस्याबारे उनले केही बोलेनन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.