
हुलाकी न्यूज, सुनसरी २९ बैशाख । कोशी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न मोरङको विराटनगरस्थित पुनरावेदन अदालतले अन्तरिम आदेश दिएको छ । आफ्नो जग्गामा तटबन्ध निर्माण भइरहेको भन्दै तारादेवी श्रेष्ठ र रवी राईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
सुनसरीको बराहक्षेत्रमा पर्ने पुल्ठेगौडामा तटबन्ध निर्माण भइरहेको थियो ।
वर्षा सुरु हुन एक महिना मात्र बाँकी रहेको अवस्थामा तटबन्धको निर्माण कार्य रोकिँदा कोशी वरिपरीका क्षेत्र जोखिममा परेका छन् ।
हरेक वर्ष कोशीको बाढीबाट पीडित बन्दै आएका सुनसरी र सप्तरीका स्थानीयबासीले तटबन्ध निर्माण कार्य तत्काल सुरु गर्न माग गरेका छन् ।
भारत सरकारले केही महिनाअघि तटबन्ध निर्माणको काम सुरु गरेको थियो ।



