ck-raut-smailing-faceहुलाकी न्यूज, काठमाडौं २९ बैशाख । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई २५ हजार धरौटी राखी विशेष अदालत काठमाडौंले रिहा गरेको छ ।

मंगलबार विशेष अदालतमा उपस्थित भएका डा.राउतको विषयमा बसहपछि उनलाई २५ हजार धरौटी राखी तारेखमा रिहा गर्ने आदेश अदालतले दिएको छ ।

सप्तरीको भारदहमा प्रजातन्त्र दिवसको अवसरमा गठबन्धनका कार्यकर्ताहरुले आयोजना गरेको कार्यक्रमबाट पक्राउ गरिएकाहरुसहित डा.राउतमाथि पनि मुद्दा चलाइएको थियो ।

अदालतले हाजिर हुन आदेश गरेपछि डा.राउत यसअघि पनि हाजिर भएका थिए ।

यसअघि सर्वोच्च अदालतले डा.राउतमाथि लगाइएको राज्य विप्लबको मुद्दामा सफाई दिइसकेको छ । हुलाकी न्यूजसँग कुराकानी गर्दै डा.राउतले सरकारले दुःख दिने मनसायका साथ बारम्बार मुद्दामा मुछने गरेको बताए ।

उनले गठबन्धनलाई आर्थिक रुपमा कमजोर बनाउन राज्यबाट धरौटी माग हुँदै आएकोले धरौटी कोष स्थापनाका लागि आफुले आम जनतासँग आग्रह गरेको बताए ।

यता सिरहामा जनमत संग्रह गराएका केदार यादव र बालेश्वर यादवको बहस विशेष अदालत काठमाडौंमा बुधबार हुँदैछ ।

उनीहरुले सिराहामा गराएको जनमत संग्रहमा स्वतन्त्र मधेशको पक्षमा अत्याधिक मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.