
हुलाकी न्यूज, जनकपुरधाम २९ वैशाख । मधेशप्रति अर्थमन्त्रालय पुर्वाग्राही रहेको बाहाबाला मन्त्रीले नै आरोप लगाएका छन् । सत्ता साझोदार दल एमाओवादीको मधेशी कोटाबाट सिचाई मन्त्री बनेका उमेश कुमार यादवले मधेशप्रति अर्थमन्त्रालय पुर्वाग्रही रहेको आरोप लगाएका छन् ।
मंगलबार एक कार्यक्रममा मन्त्री यादबले विगतमा विभिन्न दलका थुप्रै नेताहरु सिँचाई मन्त्री बनेपनि तराई मधेशको बारेमा कसैले नसोचेको दाबी गरे । एमाओवादीले सिँचाई मन्त्रालय पाउने वित्तिकै सबैभन्दा पहिले तराई–मधेशका लागि विशेष कार्यक्रम ल्याएको बताउँदै उनले अझै यो कार्यक्रम असफल होस् भनि दलहरु लागेको आरोप लगाए ।
अखिल नेपाल किसान महासंघ (क्रान्तकारी) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समृद्ध तराई मधेश सिँचाई विशेष कार्यक्रमले बजेट शीर्षक पाए पनि हालसम्म बजेट नदिएर अर्थ मन्त्रालयले मधेशप्रति पूर्वाग्रही रहेको आरोप लगाउदै उनले भने–बजेटका लागि मैले संघर्ष गरिरहेको छु, बजेट पाउनेमा म विश्वस्त छु ।’
स्थानीय पत्रिकाका अनुसार अर्थ मन्त्रालयले बजेट नदिएपनि आफूले अन्य शीर्षकहरुबाट पनि कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।



