
हुलाकी न्यूज, जनकपुरधाम २८ बैशाख । मधेश आन्दोलनताका धनुषा जिल्लाको विभिन्न क्षेत्रका प्रहरी चौकीहरु हटाइएको थियो ।
आन्दोलनका क्रममा प्रहरीले जनकपुरधाममा तीन जनाको गोली हानी हत्या गरेपछि प्रहरीप्रति धनुषाबासी आक्रमक हुँदै आएको थियो ।
पछिल्लो महिनादेखि धनुषा प्रहरी स्थानीयबासीहरुमा घुलमिल हुन विभिन्न कार्यक्रमहरु गर्दैछन् । सरकारले संविधानका बारे जानकारी गराउन प्रहरीलाई जिम्मेबारी दिने कुराको विरोध हुँदै गएपछि धनुषा प्रहरी समाजिक विषयहरुमा सक्रिय हुँदै गएको छ ।
धनुषा प्रहरीले निरन्तर स्थानीय समस्याहरुका विषयमा छलफल र अन्तरक्रिया गरी आन्दोलनताका सर्वसाधारण र प्रहरीबीच बनेको दुरी हटाउने प्रयासमा छन् ।
रक्सी बेच्न नदिने अभियान, अपराध मुक्त अभियान लगायतका कुराहरु प्रहरीले अगाडि सारेको छ ।
यता सोमबार पनि प्रहरीले एक अन्तरक्रिया गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जनकपुर उपमहानगर पालिकाको सभाकक्षमा आयोजित अपराध अनुसन्धान र नियन्त्रण विषयक अन्तरकृयामा पनि प्रहरीले स्थानीयसँग घुलमिलका लागि विभिन्न एजेण्डाहरु उठाएका छन् ।
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)विज्ञानराज शर्माले सबै अपराधको तहसम्म पुगेर मात्र अनुसन्धान भइरहेको बताएका छन । ‘कसैले किटानी जाहेरीदिदैमा निर्दोष मानिस फस्दैन’उनले भने–प्रहरीले जाहेरीदर्ता गरेपनि अनुसन्धान आफनै ढंगबाट हुने गरेकोछ ।
महिला हिंसा, आत्महत्या,लागुपदार्थ, मदिराजन्य लगायतका समाजिक अपराध लगायतका घटनाहरुलाई नियन्युनीकरण गर्न प्रहरीलाई समाजबाट सहयोग भइरहेको उल्लेखगर्दै उनले समाजले प्रहरीलाई निरन्तर सुझावदिदै सहयोग गर्न आग्रह गरेको स्थानीय जनकपुर टुडेले जनाएको छ ।



