Kamala
हुलाकी न्यूज, जनकपुरधाम २८ बैशाख । मधेशका प्रमुख नदी मध्येको एक कमला नदीमा पुल निर्माण गर्न माग गर्दै सर्वसाधारणहरु आन्दोलित बनेका छन् ।

उक्त नदीमा पूर्व–पश्चिम राजमार्गमा मात्र पुल रहेको भन्दै मधेशको घनाबस्ती क्षेत्रमा पनि पुल बनाउनु पर्ने उनीहरुले माग गरेका छन् ।
उक्त क्षेत्रबाट हुलाकी राजमार्ग पनि गएको छ तर त्यहाँ पनि पुल निर्माण भएको छैन । स्थानीय सर्वसाधारणहरु उक्त क्षेत्रमा पुल निर्माण भए अधिकांश धनुषा र सिरहाका जनता लाभान्बित हुनेछन् ।

धनुषा—सिरहा जोड्न धनुषाका पूर्व गाविस पटेर्वा र सिरहाको चिक्नामा पर्ने कमला नदीमा पुल बनाउन उनीहरुले आन्दोलन नै गरेका छन् । उक्त स्थानमा पुल नहुंदा डुंगा वा तैरेर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।

पुल निर्माणका लागि दबाब दिने उद्देश्यले दुवै जिल्लाका सर्वसाधारणहरुले कमला नदी किनारमा विरोध प्रर्दशन समेत गरेका छन् । जिल्ला विकास समिति धनुषा, जिल्ला विकास समिति सिरहा, सडक डिभिजन जनकपुर सहितिका विकास निर्माणमा संलग्न कार्यालयको लापरवाहीका कारण पुल निर्माण हुन नसकेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

पुल नहुंदा वर्षायाममा डुंगा दुर्घटना हुँदा सयौंले ज्यान गुमाउनु पर्ने अवस्था रहेकाले सम्बन्धित निकायले अध्ययन अवलोकन गरेर तत्काल पुल निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने नेपाली कांग्रेसका नेता भागिरथ महतोले बताए ।

पुल नहुंदा धनुषाका किरतपुर, वेमरखी, पटेर्वा, सतोषर, सवैला, ठिल्ला, जरहिया, वल्रीया र सिरहाका चिक्ना, भोक्राहासहितका गाविसका सर्वधारणहरुलाई आवतजावतमा समस्या हुँदै आएको महतोले बताए ।

स्थानीय पत्रिकाहरुकाअनुसार कमला नदिमा पुल निर्माणका लागि दबाब दिन धनुषा र सिरहामा संघर्ष समिति गठन गरिएको छ । दुवै जिल्लाका सर्वसाधारणहरुको भेलाले विरोध गर्दै समिति गठन गरेको हो ।

file photo from google

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.