Capture

हुलाकी न्यूज, काठमाडौं २७ बैशाख । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको  सरकारी टोलीसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । काठमाडौंमा सोमवार भएको कार्यक्रममा सहअध्यक्ष कर्णले ठूला दलका शीर्ष नेताहरू सम्मिलित टोली बनाइए मात्र वार्तामा बस्न सकिने स्पष्ट पारे ।

उनले सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रम औपचारिकता र देखावटी मात्र भएको आरोप लगाए ।

उनले यथास्थितिमा मधेशमा स्थानीय निकायको चुनाव हुन नदिने पनि चेतावनी दिए ।

मधेशका समस्याप्रति सरकार गम्भीर नभएको पनि सहअध्यक्ष कर्णले आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.