Sunil_jaiswal
Sunil Jaiswal

हुलाकी न्यूज, चन्द्रनिगाहपुर २७ बैशाख । नीति तथा कार्यक्रमसँगै नेपाल सरकार वार्षिक बजेटको तयारी गरिरहेका बेला रौतहट जिल्लामा सरकारी राजस्व छल्दै संगठित रुपमै तस्करी अभियान तीव्र रुपमा सञ्चालन हुन थालेको छ ।

रौतहटबाट अवैध रुपमा नेपाल भारत सीमा क्षेत्रको व्यापार गर्नेमा रौतहट चन्द्रनिगाहपुरमा व्यापारी सुनील जयसवाल प्रमुख छन् ।

चन्द्रनिगाहपुरमा राइस मिल सञ्चालकका रुपमा परिचित जयसवालका कारोवार भने अर्कै रहेको छ । भारतबाट अवैध रुपमा ल्याइएको चामल, दाल, सुपारीलाई नेपाली बोरामा प्याक गरेर नेपालका विभिन्न स्थानमा पु¥याउने भित्री कारोवार उनको रहेको प्रहरी सुराकले बताउँछन् ।

जयसवालको यो संगठित कारोवारमा बरहथवाका अन्तोष दास र मलङ्गवाका मेथुर चौधरी सहयात्री छन् । जयसवाल, दास र चौधरीको प्रत्यक्ष संलग्नतामा अहिले जलेश्वरदेखि बाराको सिम्रौनगढ नाकाबाट अवैध कारोवार फस्टाउँदै गएको छ । यस्तो कारोवारको अर्को माध्यम हुन उनीहरुले सञ्चालन गरेको पशुपति कैरियर । यही कैरियरबाट उनीहरुले दिनहुँजसो अवैध रुपमा भारतबाट भित्र्याइएको सामग्रीहरु नेपालका कुनाकाप्चामा पु¥याउने गरेको स्थानीय पत्रकारहरुले हुलाकी न्यूजलाई बताए ।

Methur_chaudhry
केही दिनअघि मात्र पशुपति कैरियरको एक ट्रक सुपारी राजश्व अनुसन्धान विभागले समातेको थियो । तराई क्षेत्रअन्तर्गत वर्दिवास र चन्द्रनिगाहपुर यस कारोवारको ‘प्वाइन्ट’ हो । वर्दिवासबाट सानो गाडीमा सिन्धुली हुँदै काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा र चन्द्रनिगाहपुरबाट ठूलो गाडीमा हेटौडा, नारायणगढ हुँदै पोखरासम्म तथा काठमाडौं र नुवाकोटतर्फ सामान निर्यात गर्ने गरिएको छ ।

ती समूहका संलग्न एक व्यापारीका अनुसार अवैध कारोवारबाट केही वर्षमै यसमा संलग्नहरु करोडपति भएका छन् । सरकारी संयन्त्रलाई मिलाएर गरिने यस कार्यमा संलग्नहरुले अकुत सम्पत्ति आर्जन गरेर गलत कार्यमा समेत लगानी गर्ने गरेका छन् । जयसवाल समूहले पनि अथाह सम्पत्ति आर्जन गरेको र त्यस सम्पत्तिलाई शुद्धिकरण गर्न विभिन्न कार्यमा लगानी गरेका छन् ।

त्यस समूहमा संलग्नहरुको सम्पत्ति छानविन गरी कारवाहीका लागि पटक पटक अनुरोध गर्दा पनि सम्बन्धित निकाय सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले कारवाही नगरेको स्थानीय वासिन्दाहरुको गुनासो रहिआएको छ । सरकारी संयन्त्रलाई खुलेआम चुनौति दिदै सञ्चालित तस्करी कारोवार नियन्त्रण नहुने हो भने यसले सरकारी राजस्वमा ह्रास आउनुको साथै समाजमा गलत तत्व तथा क्रियाकलापले पश्रय पाउने हुँदा तत्काल कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता देखिएको छ ।

Santosh_das
जयसवालको प्रत्यक्ष संलग्नतामा अर्काे पनि समूह क्रियाशील रहेको छ । त्यस समूहमा सोनु र सुजित नाम गरेका स्थानीय व्यापारी संलग्न छन् । केही वर्षअघि तस्करीकै क्रियाकलापमा भएको द्धिपक्षीय भिडन्तमा वरहथवाका अन्तोष दासलाई गोली प्रहार गरिएको थियो । गोली लागेर सख्त घाइते दासलाई हेलिकाँप्टरबाट काठमाडौं उपचारका लागि लगिएको थियो र अहिले उनी सामान्य अवस्थामा छन् । तर उनले कारोवार भने छाडेका छैनन् ।

यस विषयमा उनीहरुसँग सञ्चारकर्मी प्रतिक्रिया लिन खोज्दा उनीहरु बोल्न चाहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.