
हुलाकी न्यूज, कपिलस्वतु २६ बैशाख । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सक्रिय गैर–सरकारी संस्था ‘कोशिस’को अगुवाईमा कपिलबस्तुको उदयपुर गाविस ६ का अग्निपीडितहरुले राहत पाएका छन् ।
अमेरिकामा रहेका मधेशीहरुको संस्था डीएफडब्लू मधेशी समाज डल्लास टेक्ससको सहयोगमा अग्निपीडित ३२ परिवारलाई कोशिसले राहत प्रदान गरेको छ ।
शनिबार कोशिस–धरान र कोशिस–भैरहवाका सदस्यहरुको अगुवाईमा राहत प्रदान गरिएको हो ।
खाद्य पदार्थसहित अति आवश्यक सामाग्रीहरु अग्निपीडितहरुलाई प्रदान गरिएको कोशिस भैरहवाका डा.राकेश यादवले हुलाकी न्यूजलाई बताए ।

मिति : २५/०१/२०७३
प्रेष बिज्ञप्ति
मिति २०७२/०१/१० गतेका दिन जिल्ला कपिलवस्तु उदयपुर गा.बि.स. स्थित वडा न. ६ मा आगोलागी भएको हुँदा ‘कोशिस’ को अगुवाइमा यसै संस्थाको टोलिले गरेको स्थलगत अनुगमन बाट थाहा हुन आएको क्षेतीको बिबरण को आधारमा आज मिति २०७३ बैशाख २५ गते शनिवारको दिन कोशिस-धरान र कोशिस-भैरहवाको संयुक्त अगुवाई तथा डी.यफ.द्व्लू मधेसी समाज डल्लास टेक्सास(यु.यस.ए) को सहयोगमा अग्नि-पीडित कूल ३२ परिवार लाई राहत बितरण गरिएको व्यहोरा जनाउदछौं | राहत स्वरूप प्रति परिवार प्रदान गरिएको सामाग्रीहरुको विवरण यस प्रकार रहेको छ :
१. चामल – २० किलो ( प्रति परिवार )
२. दाल – १ किलो ( प्रति परिवार )
३. चिनी – १ किलो ( प्रति परिवार )
४. खाने तेल – १ लिटर ( प्रति परिवार )
५. सब्जी मसला – ३ प्याकेट ( प्रति परिवार )
६. नून – १ किलो ( प्रति परिवार )
७. तिर्पाल – १ थान ( प्रति परिवार )
८. तूथ ब्रस तथा तूथ पेस्ट – १-१ थान ( प्रति परिवार )
९. खाट – १ थान ( प्रति परिवार )
१०. सोलार ल्याम्प – १ थान ( प्रति परिवार )
११. तन्ना – १ थान ( प्रति परिवार )
१२. मछर झूल – १ थान ( प्रति परिवार )
१३. लुगा धुने र नुहाउने साबुन – १-१ थान ( प्रति परिवार )
यस राहत बितरण कार्यक्रमका निमित डी.यफ.द्व्लू मधेसी समाज डल्लास-टेक्सास(यु.यस.ए) ले सहयोग गरेका थिए |
‘कोशिस’ सिक्षा, स्वस्थ र वातावरण को क्षेत्रमा काम गर्ने गैर-राजनैतिक तथा गैर-सरकारी संस्था हो | बिगतमा पनि ‘कोशिस’ ले देशका बिभिन्न ठाउँमा आइपरेका आपदाहरुमा सेवा र सहयोग गर्दै आएका हून | शीतलहरको बेला न्यानो लुगा वितरण, आगलागीको बेला राहत, दादुरा प्रकोप को बेला निसूल्क स्वस्थ शिबिर तथा जनचेतना मूलक कार्यक्रम देखि लिएर ठाउँ-ठाउँमा पुस्तकालय स्थापना तथा सम्भार जस्ता कार्यक्रमहरु गर्दै आएका छन् |
कार्यक्रम संयोजक
मदन गुप्ता



