
हुलाकी न्यूज, रौतहट २६ बैशाख । उपचार नहुँदा मृत्यु भएका मधेश आन्दोलनका घाइते शेख मैहरुदिनको परिवारको अवस्था अहिले पनि दैनिय छ ।
मधेश आन्दोलनका क्रममा गौरमा गोली लागेका मैहरुदिनको काठमाडौं स्थिति विर अस्पतालमा केही दिन उपचार भएको थियो । निको नहुँदै उनलाई घर पठाइएको थियो । काठमाडौं आउने खर्च नहुँदा उनले नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्जमा उपचार गराउँदै आएका थिए ।
उनी बीरगञ्जमा उपचार गराइरहँदा हुलाकी न्यूजको टोली उनको घरमा पुग्दा उनकी आमाले गाउँबाट चामल मागेर खाना बनाउँदै थिइन् । उपचारका लागि ८ हजार आवश्यक थियो, उनी गाउँका साहुहरुसँग माग्दै थिइन । तर पाइएको थिएन ।
महिनौं दिन बीरगञ्ज स्पतालमा मैहरुदिनको उपचार भयो । अस्पतालको हेलचक्रियाई र उचित उपचार नहुँदा उनको मृत्यु भयो ।
मैहरुदिनकी श्रीमति भन्छिन्,‘मेरो श्रीमान मर्ने बाला थिएन । उनको उपचार ठूलो अस्पतालमा भएको भए उनी बाँच्ने थिए । बाहिर उपचार गराई दिन भनेर जिल्लाका मधेशी नेतादेखि केन्द्रका मधेशी नेताहरुलाई फोन गर्थे तर पछि सबैले फोन उठाउन छोडे । मेरो श्रीमानले हिमत हार्नु भयो र उहाँको मृत्यु भयो ।
अहिलेको अवस्था
मैहरुदिनको परिवारजनले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो दुखेसो पोखेका छन् । तर दुर्भाग्यबसको उनको समाचार कुनै मिडियाले कभर गरेको छैन ।
पत्रकार सम्मेलनमा उनकी श्रीमतिले ‘४९ हजार रकमले मात्र हाम्रो छोरा छोरीहरुको जीवन वित्दैन ’ भन्दै रुँदै दुखेसो पोखिन् ।
मैहरुदिनकै घर अकोलवा वार्ड नं ७ बलुवा टोलमा पत्रकार अभिमनु पटेलको संयोजनमा पत्रकार सम्मेलन भएको थियो ।
पत्रकार सम्मेलनमा सहिद मैहरुदिनकी श्रीमतीले बोल्दै मधेशी नेताहरुप्रति आक्रोस व्यक्त गरिन् । उनले आफ्नो श्रीमान् मधेशी नेताहरुको कारणले मरेको तर उनीहरुले आफ्नो परिवारलाई नहेरेको गुनासो गरिन् ।
घरमा बुढी सासु ४ ओटा सानासाना छोरा र एउटा सबभन्दा सानो छोरी रहेको बताउँदै उनले अब जीवन कसरी चलाउने प्रश्न गरिन् ।
उनले भनिन्, ‘मेरो श्रीमान सहिद भएपछि एक दिनका लागि नेताहरूले मेरो घरमा आएर ठूलो ठूलो अस्वासन दिएर छोरा छोरीहरूको शिक्षा दिने बताए । तर अहिलेसम्म केही हुन नसकेको उनले गुनासो गरिन् ।
‘मेरो श्रीमानको अन्तिम दाहसंस्कारको दिन नेताहरुले भन्नुभयो कि तपाईंको परिवारजनमा धेरै दुख रहेकोले तत्काल २ लाख रकम र दाल चामल सहयोग गर्दिन्छु तर अहिलेसम्म एक किलो चामल पनि दिएको छैन । अव हामी कसरी बाँच्ने ?’ मैहरुदिनकी श्रीमतिको भनाई ।
‘आन्दोलनको बेला नेताहरूले सधै घरमा बोलाउन आउथे अहिले हेर्न पनि आउँदैन । अब मेरो छोरा छोरी पढ्न सक्दैन’ उनकी श्रीमतिको भनाई ।




म प्रबासी मिमिथीला समाज कल्याण को प्रती निधि रबिन्द्र उदासी हु के तपाई यो सहिद परिवार को नम्बर उपलब्ध गराउन सकनु हुन्छ मेरो नम्बर हो +974 33221351 मा सम्मपर्ग गरनुस हामी सहिद को लागि सहयोग गर्न चाहन्छौ