Tharu
हुलाकी न्यूज, नेपालगंज २६ बैशाख ।
थरुहट संघर्ष समितिले हालै घोषणा गरेको अन्दोलतप्रति थारु युवा तथा समाजसेवीहरुले असहमति जनाएका छन् ।

थारु युवाहरुले संघर्ष समितिले केन्द्रबाट एकतर्फी रुपमा आन्दोलन घोषणा गरेको तथा जिल्लाको अवस्था बारे जानकारीसमेत नलिएको आरोप लगाएका छन् । उनीहरुले विना तयारी आन्दोलनमा होमिनु मुर्खता हुने बताएका छन् ।

शनिबार नेपालगञ्जमा थारु युवा स्वयम् सेवकले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश युवा तथा थारु अगुवाहरुले थरुहट संघर्ष समितिको केन्द्रीय रबैयाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

यूवा स्वयम सेवकको आयोजनामा ‘थरुहट आन्दोलनको वर्तमान अवस्था र सम्भावित निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा थारु अगुवा समाजसेवी, राजनीतिज्ञय, महिला, विद्यार्र्थी, कर्मचारी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उक्त खुल्ला अन्तर क्रियामा थारुहट सर्घष समिति बाँकेका संयोजक फुलाराम थारुले अहिलेको आन्दोलनले थारुहरुको माग पुरा नहुने भन्दै अव हामी हाम्रा सबै राजनितिक दलका थारु नेताहरु एकजुट भई गाँउगाँउमा अभियान चलाई अगाडि बढ्ने बताए । माग पुरा नहुन जेलसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

छलफलको क्रममा एमाओवादीका पूर्व सभासद पत्तु थारुले कैलाली टिकापुरको घटनालाई राजनैतिक मुदा बनाउनु पर्ने बताउँदै सरकारले जेलमा रहेका आन्दोलनकारीलाइ नछोडदासम्म आन्दोलनका प्रक्रिया जारी राख्ने जनाए ।

उनले भने,‘यदि सरकारले हाम्रा माग पुरा नगरेको खण्डमा हामी पछाडि हटने छैनौ र सरकार आफै थारुहरुलाई फेरि जनयुद्ध गर्न बाध्य बनाईरहेको अबस्था छ । आन्दोलनको समस्या आन्दोलनबाटै सामधान हुन्छ यदि आवश्यक परेको खण्डमा हामी जनयुद्ध सुरु गर्न परे पनि पछाडि हट्ने छैनौ ।’

त्यसैगरी नेपाली काँग्रेस बाँके जिल्लाका जिल्ला सदस्य लाहुराम थारुले कैलाली जिल्लामा थारुहरुमाथी भई रहेको दमन र धडपकड बन्द नगरे दवाव पूर्ण आनदोलनका कार्यक्रमहरु अगाडि बढाउनु पर्ने बताए ।

एमालेका बाँके जिल्ला सदस्य चन्द्र बहादुर चौधरीले थारुहरु आफ्नो मागप्रति अडिक रहनु पर्ने बताए ।

समाजसेबी सिताराम थारुले अव थारुहरु आफ्नो जाति र समाजको लागी पार्टी भन्दामाथि उठ्नु पर्ने बताए ।

थारु युवा तथा विद्यार्थी नेता अबिनाश चौधरीले युवाहरुको सक्रियतामा शसक्त आन्दोलन गर्नुपर्ने बताए ।

थारु युवा स्वयम सेवकका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष महाबिर चौधरीले धनि रामचौधरी नेतृत्वको सयुक्त सघर्ष समितिले घोषणा गरेको अनुसार जिल्ला जिल्ला माआन्दोलन गर्न नसक्ने बताए ।

उनले आन्दोलनका लागि पुर्ण तयारीका साथ मधेशी, मुस्लिम, पिछडिएका वर्ग, दलित, जनजाति मिलेर आन्दोलन  अगाडी बढाउनु पर्ने बताए । साथै आन्दोलनमा युवाहरुले नेतृत्वदायी भूमिका खेल्नु पर्नै बताउँदै युवाहरुलाई अगाडि बढ्न आह्वान गरे ।

कार्यक्रमको सहजिकरण सन्तोष चौधरीले गरेका थिए ।

Tharu-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.