11

हुलाकी न्यूज, काठमाडौं २५ बैशाख । तराई–मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले मधेशमा एक महिनाभित्र मानवअधिकारवादी संस्था खुल्ने बताएका छन् । काठमाडौंमा शनिवार राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको राष्ट्रिय सम्मेलनमा उपाध्यक्ष त्रिपाठीले मधेशमा हुने गरेका ज्यादतीको छानबिनका लागि निष्पक्ष मानवअधिकारवादी संस्थाको खाँचो रहेको भन्दै एक महिनाभित्रै मानवअधिकारवादी संस्था खोलिने बताएका हुन् ।

उनले आन्दोलनका क्रममा मानवअधिकारको गम्भीर उल्लंघन हुँदा पनि  यहाँका मानवअधिकारवादीहरू चुप लागेर बसेको आरोप लगाए ।

उपाध्यक्ष त्रिपाठीले मानवअधिकारवादी संस्थाहरू दलका भातृसंगठन भएको आरोप पनि लगाए ।

उनले मधेशीको टाउको र छातीमा गोली प्रहार हुँदा चुप लागेर बस्ने मानवअधिकारवादीहरूले अहिले आएर ठूल–ठूला गफ दिनुको कुनै औचित्य नभएको पनि टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.