Krishnanagar_kapilbastu_hospital
अंकुश कुमार श्रीवास्तव, कपिलवस्तु २५ बैशाख । पञ्चायतकालमा स्थापित कपिलबस्तु जिल्लाको कृष्णनगर अस्पताल ४५ वर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेन ।

निर्दलीय पञ्चायत व्यावस्थाका पहिला प्रधानमन्त्री सुर्यबहादुर थापाले बिस २०२७ सालमा कृष्णनगर अस्पतालको शिलान्यास गरेका थिए ।

स्थानीय राजनीति तथा सरकार पक्षको लापरवाहीका कारण गैरनाफा मूलक अस्पताल अझै पनि संचालनमा नआउनु कृष्णनगरबासीको लागि दुर्भाग्य रहेको छ ।

कुल १ विगहा १६ कठा १९ धुर क्षेत्रफलमा फैलिएको यस अस्पतालमा २३ वटा कोठा छन् बांकी निर्माणाधीन अवस्था मै छन् । अस्पताल संचालन सम्बन्धमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, उद्योग वाणिज्य संघ पदाधिकारी तथा अस्पताल विकास समिति सदस्यहरुबीच धेरै पटक बैठक बस्यो तर निष्कर्स विहिन नै रह्यो । अस्पतालको स्थितिमा कुनै प्रकारको सुधार आएको छैन ।

विस २०७० जेठ २४ गते कृष्णनगर अस्पताल विकास समिति एवं संस्थापन पक्षको संयुक्त बैठक बस्यो र आर्थिक आभावका कारण अस्पताल संचालन सम्भव छैन भनी अस्पताल संचालनको लागि प्रस्तावको अवहान गरियो । तर कुनै व्यक्ति वा संस्था अस्पताल संचालनमा अगाडि आएनन् ।

केही दिन पछि नेपालगंज मेडिकल कालेजका निर्देशकसमेत रहेका डा.सुरेश कुमार कानोडियाले अस्पताल संचालन गर्ने इच्छा व्यक्त गरे तथा अस्पताल बिकास समितिले १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्नको लागि चिरन्जीलाल अग्रवालको अध्यक्षतामा चार सदस्यीय प्राविधिक समिति गठन गर्यो ।

प्राविधिक समितिद्धारा प्रस्तावित सबै शर्त डा.कानोडियाले स्वीकार गरे । आफ्नो परिवार सदस्यको नाममा अस्पतालको नामाकरण गर्नको लागि नेरु ५१ लाख नगद अस्पताल निर्माणमा सहयोग गर्न पनि तैयार भए ।

तर अस्पताल विकास समितिले अस्पताल कम्पाउडभित्र निर्माण हुने सटरहरुबाट आउने भाडा नदिने भनेपछि डा.कानोडिया सहमति तोडेर अस्पताल संचालन नगर्ने निर्णय गरे ।

यस सन्दर्भमा कपिलवस्तु क्षेत्र न.५ का सांसद अभिषेक प्रताप शाह भन्छन् ‘नेपालका खसबादी सरकारले मधेशप्रति दोहरो चरित्र देखाएकै कारण मधेशका अधिकांश अस्पतालहरुको अवस्था चिन्ताजनक छ । दुई दशकदेखि आफै बिरामी परेको बहादुरगंज को शिवराज अस्पताललगायत कृष्णनगर अस्पतालको संचालनमा समस्या आउनुको मुख्य कारण नै राजनितिक अस्थिरता र स्थानीयबासीं को सहयोग तथा क्षेत्रीय प्रतिनिधिको सरकारमा नहुनु हो । मैले कृष्णनगर अस्पताल संचालनको लागि भारतीय दुताबासबाट सहयोगको लागि प्रयास गरेको पनि थिए तर स्थानियबासीहरुको सहयोग बिना सम्भव नरहेको दुताबासबाट प्रतिउत्तर आयो ।’

यस्तै राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला सल्लाहकार लक्ष्मण भुसालले नयाँ समितिलाई दोष दिदै भने,‘विजय कानोडियाको अध्यक्षतामा बनेको वर्तमान कार्यकरिणी समितिलाई विघटन गरी युवा वर्गको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेमा मात्रै अस्पताल संचालन हुन सक्छ । एउटै व्यक्ति दुई सार्वजनिक संस्थाको अध्यक्षता गर्नले पनि अस्पताल संचालनमा समस्या आएको छ ।’

समाजसेवी तथा लेखापढी व्यावसायी महमूद खां भन्छन्,‘सामाजिक सेवाको भावनाले स्थापना गरिएको यो अस्पताल निर्माण र संचालन भएमा कृष्णनगर वरपरका लगभग दुई दर्जन गाउँका सर्वसाधारणलाई फाईदा पुग्ने छ, साथै महंगो पैसा तिरेर भारतको बढनी, गोरखपुर, लखनऊ औषधि गराउदै आएकालाई पनि राहत पाउने सम्भावना बढ्छ । जसरी बहादुरगंजको आंखा आस्पताल संचालनमा आएपछि नेपाली र भारतीय बिरामीहरुको उपचार गर्दै आइएको छ त्यसतै नै कृष्णनगर अस्पताल संचालन भएमा आन्तरिक आय पनि बढ्नेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.