Madheshi_youth
हुलाकी न्यूज, जनकपुरधाम २५ बैशाख । मधेशमा रहेका समस्या साधानका लागि युवाहरुले अभियान थालेका छन् ।

मधेशी युवाहरुकै नेतृत्वमा विभिन्न संघ–संगठनहरुले मधेशको समस्या समाधान गरी शान्ति स्थापनाका निम्ति सहकार्यसमेत गरेका छन् ।

अभियानको पहिलो कार्यक्रम जनकपुरधामबाट थालिएको छ । जनकपुरमा ‘समस्या समाधानका लागि मंथनः नयाँ चेताना र शान्तिका लागि यथास्थितिमा परिर्वतन’ विषयमा अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रियामा सहभागि अधिकांशले मधेश समस्या समाधानका लागि एक्तावद्ध भई आन्दोलन गर्नु पर्नेको विकल्प नरहेको बताए ।

इन्स्टिच्यूट अफ पिस एण्ड जस्टिस् (आइपिजे), सानोपाइला र मधेशी युथ थिंक ट्यांकले मधेश आन्दोलनको उपलब्धी तथा अगामी आन्दोलनको सफलता बारे उक्त अन्तरक्रिया गरेको छ ।

आइपिजेकी निर्देशक डा.डि अकर र कार्यक्रम अधिकृत ड्यानियल ओर्थ तथा मधेशी युथ थिंक टैंकका बरिस्ट उपाध्यक्ष मोहम्मद रियाज साफी र सानोपाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले सहभागीहरुलाई आन्दोलनमा सफलताको लागि अपनाउनुपर्ने सतर्कताबारे जानकारी गराएका थिए ।

विभिन्न मुलुकमा द्वन्द्व व्यवस्थापन क्षेत्रमा सक्रिय आइपिजेले स्थानीय गैरसरकारी संस्था सानोपाइलाको सहकार्यमा मधेशमा जारी आन्दोलनको सही व्यवस्थापन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको झाले बताइन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवा र युवा अभियन्तासमेत गरी २० जना सहभागी रहेको थिंक टैंकका रियाज साफीले जनाए । उनीहरुले विगतको मधेश आन्दोलनबाट प्राप्त गरेको उपलब्धीलाई पहिचान गरी उदेश्य पुरा गर्न कसरी योजनाबद्ध तरिकाले अगाडी बढ्न सकिन्छ, त्यो बुझाउन यो कार्यक्रम आयोजना गरिएको झाले प्रष्ट्याए ।

कार्यक्रमका सहभागीहरुले संविधानमा संशोधन, समानुपातिक समावेशीको सिद्धान्तलाई वैज्ञानिक तरिकाले सम्बोधन, राज्यको हरेक निकायमा जनसंख्याको आधारमा मधेशको समान प्रतिनिधित्व कायम र मधेशको विकासमा राष्ट्रिय बजेट न्यायोचित रुपमा विनियोजन गरिनुपर्ने माग राखेका थिए ।

यसका लागि समग्र मधेशका जनता एक जुट भएर राज्यविरुद्ध चरणबद्ध आन्दोलनमा होमिने तयारीमा रहेको उनीहरुको भनाई थियो ।
यसपछि पनि यस अभियानलाई निरन्तरता दिन अन्य जिल्लाहरुमा पनि कार्यक्रम गरिने साफीले बताए ।

Madheshi_youth-2
Madheshi_yout-3

1 COMMENT

  1. Each and every program or perhaps software program has their pros and also crons consequently their fully inappropriate sighting the particular bad favorable the idea. It has almost all of the very good items and since the moment goes all these disadvantages will be soughted away. . -= GadgetGuide4U’s very last website… Reddit Iphone app Regarding Operating system is actually Avaiable =-.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.