Bijay Gachhadar

हुलाकी न्यूज, सुनसरी २४ बैशाख । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नवनिर्वाचित अध्यक्ष विजयकुमार गच्छदारले बहुमतीय सरकारले अहिलेका समस्याको समाधान गर्न नसक्ने स्वीकार गरेका छन् ।

सुनसरीको ईनरुवामा आज भएको नवनिर्वाचित केन्द्रीय अध्यक्ष तथा सदस्यहरूको सम्मान कार्यक्रममा अध्यक्ष गच्छदारले बहुमतीय सरकारले राजनीतिक समस्या समाधान गर्न नसक्ने बताएका हुन् । उनले तीन महिनाभित्र सहमतीय सरकार बन्ने दाबी पनि गरेका छन् । उनले सहमतीय सरकारको नेतृत्व एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने दाबीसमेत गरे ।

बजेट ल्याउनका लागि सरकारलाई सहयोग गर्न एकीकृत माओवादीका अध्यक्ष दाहाललाई आग्रह गरेको पनि अध्यक्ष गच्छदारले बताए ।

सुनसरी जिल्ला कार्यसमितिले नवनिर्वाचित अध्यक्षका साथै अन्य पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.