Sansad

हुलाकी न्यूज, काठमाडौं २४ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज बसेको संसद् बैठक बहिष्कार गरेको छ । मधेश आन्दोलनका माग सम्बोधनका लागि सडक र सदनबाट दबाब दिने नीतिअनुरूप मोर्चाले संसद् बैठक बहिष्कार गरेको हो ।

आज दिउँसो संसद् बैठक सुरु भएलगतै सभामुखले समय दिएपछि संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मधेश आन्दोलनको माग सुनुवाइ नभएकाले संसद् बहिष्कार गर्ने बताए ।

त्यसपछि मोर्चासम्बद्ध दलका सांसद्हरूले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका थिए ।

मोर्चासम्बद्ध सात दलका सांसद्ले बैठक बहिष्कार गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.