Capture

हुलाकी न्यूज, पर्सा २४ बैशाख । पर्साको वीरगञ्जमा व्यापारीको अपहरण गरी फिरौती असुल्ने एक समूह पक्राउ परेको छ । प्रहरीले शुक्रवार वीरगञ्जमा पत्रकार सम्मेलन गरी चार अभियुक्तलाई सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरूबाट एक थान नलकटुवा पेस्तोल, चार थान गोली, एक लाख रूपैयाँ, दुई थान सिम कार्ड र तीन थान मोबाइल बरामद् गरेको छ ।

पक्राउ पर्नेमा बारा कलैया–३ का इमरान मन्सुर, कलैया–४ का रोशन पौडेल, कलैया–६ का दिनानाथ पटेल र वीरगन्ज–२७ का जयप्रकाश पटेल छन् ।

अपहरणकारीहरूले एक व्यक्तिलाई अपहरण गरी एक लाख फिरौती लिएको र एक साताभित्र ९ लाख बुझाउने शर्तमा रिहा गरेको जानकारीअनुसार पर्सा प्रहरीको टोलीले अपहरणकारीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई वीरगञ्जको लक्ष्मणवाबाट पक्राउ गरेको थियो ।

अपहरणमा परेका व्यापारीको नाम सार्वजनिक गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.