anta_Nran
हुलाकी न्यूज, काठमाडौं २४ बैशाख । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोशिएशन अफ तराईन इन अमेरिका (एन्टा) तथा गैरआवासीय नेपाली संघ(एनआरएन) अमेरिका शाखाले अग्निपीडितहरुलाई राहत प्रदान गर्दैछ ।

पछिल्लो केही महिना यता मधेशका जिल्ला तथा केही पहाडी जिल्लाहरुमा भएको आगलागिका कारण करोडौ रकमको क्षति भएको छ भने हजारभन्दा अधिक परिवार पीडित भएका छन् ।

उनीहरुलाई राहत स्वरुप करिब एक लाख ३९ हजार नेपाली रुपैँया प्रदान गरिएको छ ।

एनआरएन अमेरिका शाखाले अग्निपीडितहरुलाई सहयोग गर्नका लागि पाँच सदस्य एक समिति पनि निर्माण गरेको छ ।

कृृष्ण पोखरेलको संयोजकत्वमा गठन भएको उक्त समितिमा एन्टाका वरिष्ठ उपाध्यक्ष सुनिल साह, सतेन्द्र साह, दिल श्रेष्ठ र प्रकाश सापकोटा रहेका छन् ।

विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एन्टा र एनआरएनले उक्त रकम अग्निपीडितलाई राहत वितरणमा सक्रिय युवा सरोज रायलाई हस्तान्त्रण गरेको छ ।

Anta_nrn_2
पत्रकार सम्मेलनमा सहभागी एनआरएन अमेरिका च्यापटरका अध्यक्ष डा.केशव पौडेलले प्राकृतिक विपदीमा गैरआवसीय नेपालीहरु सहयोग गर्न तत्पर रहेको बताए ।

अध्यक्ष डा.पौडेलले मधेश आन्दोलनबाट प्रभावितहरुलाई पनि सहयोग गर्ने आश्वासन दिए । उनले प्रभावितहरुका बारे एनआरएनलाई जानकारी दिन र सहयोगका लागि आग्रह गर्न अपील पनि गरे ।

त्यस्तै पत्रकार सम्मेलनमा सहभागी एन्टाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले एन्टाले निरन्तर सहयोग गरिरहेको जानकारी गराए । उनले आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने बताए ।

एन्टामार्फत एनआरएनले अग्निपीतिहरुलाई राहत प्रदान गर्न लागेको हो । एन्टा राहत वितरणमा सक्रिय हुँदै आएको छ ।

राहत वितरणमा सक्रिय सरोज रायले उक्त रकम खर्च गरिने स्थानहरुका बारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.