Capture

हुलाकी न्यूज, सप्तरी २३ बैशाख । राजविराज नगरपालिकाका कर्मचारी विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । कर्मचारीको आन्दोलनका कारण दुई दिनदेखि कार्यालयका कामकाज ठप्प भएका छन् ।  कर्मचारीहरू धर्नामा बसेपछि सेवाग्राहीले सास्ती पाएका छन् ।

कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङको कार्यशैलीमा सुधार, हचुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने, तीन महिनादेखि रोकिएको तलब उपलब्ध गराउनुपर्ने, उमेर हद तथा स्वेच्छिक अवकाश पाउने कर्मचारीलाई एकमुष्ट उपदान उपलब्ध गराउनुपर्नेलगायत १३ बुँदे माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि, कार्यकारी अधिकृत गुरुङलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका कर्मचारीहरूले माग पूरा हुने संकेत नदेखेपछि बाध्य भएर धर्नामा बसेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.