
हुलाकी न्यूज, काठमाडौं २३ बैशाख । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर विहीबार दिल्ली जाँदै छन् ।
कुनै राजनीतिक भेटघाट नभई उपचारका लागि दिल्ली जान लागेको ठाकुर स्वयम्ले बताएका छन् ।
‘नियमित उपचारका लागि अध्यक्ष जी दिल्ली जान लाग्नु भएको हो । अहिलेसम्म कुनै राजनीतिक भेटघाटको कुरा छैन । उहाँको स्वास्थ्य अवस्था नियमति चेकजाँच हुँदै आएको छ ।’ उपाध्यक्ष हृदेश त्रिपाठीले हुलाकी न्यूजलाई भने ।
यता समाचार श्रोतका अनुसार अध्यक्ष ठाकुर स्वास्थ्य उपचारसहित केही महिनापछि हुन लागेको पार्टीको महाधिवेशनमा सहभागी हुन भारतीय नेताहरुलाई आमन्त्रण गर्न पनि जान लागेको हो ।
ठाकुर विहीबार दिउँसो २ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गर्दैछन् ।
File : photo



