Pasupati_ranaहुलाकी न्यूज, काठमाडौं २२ बैशाख । मधेशको समस्या समाधान गर्न नसकेर एमाले नेतृत्वको सरकार असफल भएको दाबी राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले गरेका छन् ।

नेता राणाले मधेशका कारण नै प्रधानमन्त्री ओली असफल भएको भन्दै मधेशको समस्या समाधान गर्न नसक्नेहरु असफल भएर जाने बताए ।
उनले मधेशीहरुले नै प्रधामन्त्री ओलीलाई फाल्न सफल भएको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा राणाले मधेशको समस्या समाधान गर्न सरकार लचिलो नभएको भन्दै बार्तामा ल्याएर समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी गरे ।

उनले भने,‘ मैले प्रधानमन्त्रीलाई भनेको थिए, मधेशमा दुई प्रदेश हुने घोषणा गरेर उनीहरुलाई बार्तामा ल्याउन सकिन्छ । तर सरकारले वास्ता गरेन ।’

यताराणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफुहरुको कुनै आपत्ति नरहने स्पष्ट पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.