Sanjay_sah-1
हुलाकी न्यूज, काठमाडौं २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्पक्ष छानविन गराउने प्रतिवद्धता जनाएपछि धनुषा निर्वाचन क्षेत्र नम्बर चारका निर्वाचित सांसद संजय साहले आमरण अनसन तोडेका छन् ।

मंगलबार प्रधानमन्त्री ओली र नेता साहबीच भएको टेलिफोन संवादमा प्रधामन्त्रीले साहमाथि लगाइएका मुद्दाहरुमा निश्पक्ष छानविन गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रधामन्त्री ओलीले टेलिफोन संवादमा भने ‘हामीले पछिल्लो समय तपाईका बारे धेरै कुराको जानकारी लिएका छौं । तपाईमाथि अन्याय भएको हाम्रो निश्कर्ष छ । निश्पक्ष छानविनबाट तपाईले न्याय पाउनु हुनेछ भन्ने मेरो प्रतिवद्धता छ ।’–प्रधामन्त्रीको भनाईलाई उदृत गर्दै नेता साहले बताए ।

अनसन तोडेपछि हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता साहले भने,‘प्रधानमन्त्री स्वयमले ममाथि अन्याय भएको स्वीकार गरेका छन् । उहाँले निश्पक्ष छानविन हुने प्रतिवद्धता जनाउनु भएकोले मैले अनसन तोडेको हुँ ।’

नेता साहले सम्पूर्ण समर्थकलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखे ।

विगत एक महिनादेखि आमरण अनसनमा बसेका नेता साहलाई डिल्लीबजार कारागार मै पुगेर सरकारका तर्फबाट विज्ञान मन्त्री विश्वेन्द्र पासवान, प्रधामन्त्रीको प्रतिनिधिका रुपमा स्वकीय सचिव इन्द्र भण्डारी, एमाओवादी नेता भरत साह र राप्रपाका नेता राप्रताप साहले अनसन तोडाएका थिए ।

मन्त्री पासवानले जुस खुवाएर अनसन तोडाएका थिए ।

नेता साहमाथि जनकपुर बंम काण्ड तथा व्यापारी अरुण सिंघानिया हत्याको आरोप रहेको छ । उक्त आरोपहरुमा आफुमाथि न्यायिक छानविन हुनु पर्ने माग राख्दै उनी विगत एक महिनादेखि आमरण अनसनमा बसेका थिए ।

1 COMMENT

  1. He is a good politian he did many thing for tarai but he dint got in return from tarain. Really to say dn he dint deserve imprsionment.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.