
सूर्य किरण यादव
स्मरण नै छ होला त्यो दिन जब युरोपियन युनियनले विज्ञप्तिमार्फत नेपालको सविंधानमा सबै समुदायको हक सुनिश्चितताका लागि सुझाव पेश गरेको थियो । नेपालका स्वघोषित शासकहरुलाई हम्मे–हम्मे परेको अवस्था थियो ।
प्रधानमन्त्री ओलीको निंद्रा पकै पनि गायब भएको थियो होला । नेपालको सविंधानमा भएको गम्भीर त्रुटिको चर्चा अन्तर्राष्ट्रिय रुपमा भएको देखेर प्रधानमन्त्री ओलीको मधेश र मधेशी प्रतिको घृणा झन्–झन् सगरमाथाको चुचुरोमा पुगेको हुनुपर्छ । तर युरोपियन युनियनलाई गोली ठोक्ने हैसियत न भएकोले प्रेष विज्ञप्तिमार्फत आफ्नो मण्डले मानसिकता प्रतिक्रियाको रुपमा प्रस्तुत गरेको थिए ।
प्रतिक्रियामा युरोपियन युनियनको बक्तव्य नेपालको आन्तरीक मामिलामा हस्तक्षेप भएको भनी उल्लेख गरिएको थियो । फेरी पनि मण्डले राष्ट्रवादको सहारा लिई पहाडी जनतालाई आफू राष्ट्रियताको असली पहरेदार भएको झूठो विश्वास दिलाउन खोजे र त्यसमा उनी धेरै हदसम्म सफल पनि भए ।
जसरी भारत विरुद्घ अनावश्यक प्रचार गर्ने गरिन्थ्यो त्यसरी नै राष्ट्रियताको झुठो नारा दिई युरोपियन युनियन विरुद्घ पनि नेपालै भरी प्रचार प्रसार गरियो । यस्तो नचाहिंदो प्रचार प्रसारको नेतृत्व स्वयं प्रधानमन्त्री ओलीले गरेका थिए । फरक यति मात्र थियो कि यस पाली कुनै पनि युरोपियन नागरिक काठमाण्डौँमा पानीपुरी वा तरकारी बेच्ने काम नगर्ने भएकाले उनीहरुलाई मण्डले राष्ट्रवादी गुण्डाहरुले ऋतिक रोशन काण्डमा मधेशीहरुलाई हेप्न र मार पिट गरे जस्तो गर्न पाएनन् ।
युरोपियन युनियन भनेको ऋतिक रोशन रहेनछ । राष्ट्रियता भन्ने कुरो जटिल हुँदो रहेछ र आफ्नै राष्ट्रको एक हिस्साका मानिसलाई सौताको जस्तो व्यवहार गरेर के को, कसका लागि राष्ट्रियता ? त्यस्तो खोक्रो राष्ट्रवाद हामीलाई चाहिएको छैन ।
यो राष्ट्रवाद मधेशीलाई हेप्न र दास बनाउनलाई ल्याइएको हो । आज भोलिको घटनाक्रमले यस कुरालाई पुष्टि गर्दछ । हिजोआज कनकमणि दिक्षितको खुब चर्चा भइरहेको छ । उनलाई अख्तियार दुर्पयोग अनुसन्धान आयोगले पक्राउ ग¥यो । उनीमाथि आयोगद्वारा भ्रषटचार आरोप लगाइएको छ । सत्य के हो भन्ने कुरो त अनुसन्धान पछि मात्र भन्न सकिन्छ तर यसैबीच एउटा अनौठो घटना घट्यो । कनकमणि दिक्षितको रिहाईको माँग गर्दै विश्वका विभिन्न पत्रकाहरुले संयुक्त रुपमा विज्ञप्ति निकाले तर यस पाली न त नेपाल सरकारको तर्फबाट न त कुनै “राष्ट्रिय” मिडियाको तर्फबाट यि पत्रकारहरुको संयुक्त विज्ञप्ति विरुद्घ कुनै प्रतिक्रिया आयो ।
यस पाली चैँ खै कुन्नी हो प्रधानमन्त्री ओली र “राष्ट्रिय” भनाउँदा मिडियाहरुलाई नेपालको आन्तरीक मामिलामा हस्तक्षेप भएको जस्तो लागेन ।
कनकमणि दिक्षितको साटो कुनै मधेशी नेता पक्राउ परेको भए र विदेशबाट कसैले तिमि मधेशी नेताको रिहाई माग गर्दै विज्ञप्ति जारी गरेको भए चैँ नेपाल सरकारको तर्फबाट नेपालको आन्तिरक मामिलामा हस्तक्षेप भएको भनेर पकै पनि एउटा प्रतिक्रया आउने थियो ।
यसले नेपाल सरकारको दोहोरो चरित्र र मधेशीप्रति गरिने दुव्र्यवहार झन् स्पष्ट गरेको छ । सायद सबै उखान टुक्का पहिल्यै प्रयोग भईसकेकोले होला प्रतिक्रिया न दिएको ।
www.twitter.com/suryasky07




पत्रकार र पत्रकारिताको जिम्मेवारी बोध भनेको यहि हो?
यो के तालको लेखाई हो ? शिर्षक अनुसार लेखाई भयो र ? हरेक कुरामा मधेस र मधेसी घुसायर नेपाली नेपाली बीच फाटो ल्याउने ?