Forum_buys
हुलाकी न्यूज, राजविराज २० बैशाख । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का कार्यकर्ताहरु चढेको बस दुर्घटनामा परेको छ ।
बस दुर्घटनामा ३२ जना कार्यकर्ताहरु घाइते भएका छन् ।

बिराटनगरमा सोमबारबाट सुरु भइरहेको फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुन धनगढीबाट हिँडेको बस सोमबार विहान दुर्घटना भएको हो ।

स्थानीय पत्रकार श्यामसुन्दर पासवानका अनुसार बिराटनगरतर्फ गइरहेको ना ४ ख ९७४६ नम्वरको बस पूर्व–पश्चिम लोकमार्ग सडकखण्ड अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका स्थित कञ्चनपुर बेरियर नजिक विहान करिब ९ बजेको समयमा दुर्घटना भएको हो ।

बसमा सवार घाइते यात्रुहरुको ठेलियास्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये धनगढी नगरपालिका–१६ का बिमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरी गम्भीर घाइते भएका छन् ।

उनीहरुको अवस्था गम्भीर रहेका कारण थप उपचारकालागि विराटनगरस्थित न्यूरो र नोबेल हस्पिटल पठाईएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।

उनका अनुसार सडकमा आएको गाईलाई बचाउने क्रममा बस दुर्घटना भएको हो । प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.