Sanjay_sah_Hospital
हुलाकी न्यूज, काठमाडौं २० बैशाख । धनुषा क्षेत्र नम्बर चारका निर्वाचित सांसद संजय साहमाथि लागेका आरोपहरुमा न्यायिक छानविन आयोग गठन गराउन ‘मा.संजय साह बचाउन अभियान’ गठन भएको छ ।

शनिबार र आइतबार बृहत छलफल गरी नेता साहमाथि लगाइएका आरोपको बारे निश्पिक्ष छानविनका लागि दबाब दिन उक्त समिति गठन गरिएको हो ।

काठमाडौंका नागरिक समाज, बुद्धिजिवि, वकील, चिकित्सक, व्यवसायी, युवा–विद्यार्थी, पूर्वकर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा उक्त अभियान गठन गरिएको हो ।

अभियानको संयोजन गरिरहेका दिलिप साहका अनुसार नेता साहले आफुमाथि लगाइएको आरोप उपर न्यायिक छानविन हुनु पर्ने माग गर्दै आएको अवस्थामा राज्यले अहिलेसम्म कुनै पहल नगरेकोले दबाब स्वरुप अभियान गठन गरिएको हो ।

हुलाकी न्यूजसँग उनले भने,‘करिब एक महिनादेखि आमरण अनसनमा बसेका नेता साह र उनकी श्रीमतिको अवस्था नाजुक हुँदै गएको छ ।
अहिलेम्म राज्यले सुनेको छैन । संजय साह एक जननिर्वाचित सांसद भएकोले उहाँमाथि न्यायिक छानविन हुनु पर्छ । प्रहरीको अनुसन्धान त्रुटीपूर्ण रहेको हामीले फेला पारेका छौं । तसर्थ उहाँमाथि लागेका सम्पूर्ण आरोपको छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरिनु पर्छ ।’

अभियानले प्रदर्शन गर्दै

मा.संजय साह बचाउ अभियानले सोमबार साँझ ५ बजे काठमाडौंको माईतिघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

प्लेकार्डसहित नेता साहमाथि न्यायिक छानविन हुनु पर्ने मागसहित प्रदर्शन हुन लागेको दिलिप साहले बताए ।

उनका अनुसार काठमाडौंमा रहेका मधेशी समुदायसहित गैरमधेशी समुदायहरु पनि न्यायका पक्षमा वकालत गर्न र सत्यतथ्य छानविन गर्न आयोगको माग गर्दै प्रदर्शन गर्नेछ ।

उनले काठमाडौंमा रहेका युवा–विद्यार्थी तथा पेसाकर्मीहरुलाई सहभागी हुन आग्रहसमेत गरे ।

1 COMMENT

  1. Dilip daju ko sanyojak ma chalako aviyan le ma sahmat xu ma pani yas aviyan ma samil hun chahnxu aagami karykram ko jankari garaunu hola mero tarf baat dherai dherai badhai xa .jay mades jay royal janakpur dham.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.