Haruwa charuwa

हुलाकी न्यूज, १९ बैशाख । हरुवा–चरुवाको अधिकार सुनिश्चितताको माग गर्दै सप्तरीको राजविराजमा बृहत् प्रदर्शन भएको छ । विश्व श्रमिक दिवसको अवसर पारेर हरुवा चरुवा अधिकार मञ्चको नेतृत्वमा प्रदर्शन तथा सभाको गरिएको हो ।

सभामा उनीहरूले आफूहरूका मागप्रति सरकार उदासिन रहेको गुनासो गरेका थिए ।

उनीहरूले हरुवा चरुवाको अधिकार सुनिश्चित गर्नुपर्ने, हरुवा चरुवालाई मुक्तिको घोषणा गर्नुपर्ने, जमिनसहितको पुनस्र्थापना गर्नुपर्ने, समान कामको समान ज्याला निर्धारण गर्नुपर्नेलगायत माग राख्दै आएका छन् ।

सभाअघि दलित चेतना संगम, हुर्क नेपाल, भूमि अधिकार मञ्च, उत्पीडित दलित समाज, तपेश्वरी समाजलगायतका संस्थाले राजविराजमा जुलुस निकालेका थिए । जुलुसले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।

सप्तरीमा करिब १८ हजार हरुवा चरुवा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.