
हुलाकी न्यूज, जनकपुरधाम १९ बैशाख । पछिल्लो समय मधेशमा भइरहेको राज्य आतंक बन्द गर्न तराई–मधेश लोकतान्त्रिक पार्टीले चेतवानी दिएको छ ।
जनकपुरधाममा दुई दिनसम्म चलेको तमलोपा केन्द्रीय कार्यसमितिको बैठकल राज्य आतंक बन्द गर्न सरकारलाई चेतावनी दिएको छ ।
तमलोपाको केन्द्रीय समितिले गरेको १५ बुँदे निर्णयमा बुँदा नम्बर दशमा राज्यद्वारा भइरहेको गैरन्यायिक हत्या, राज्य आतंक र समाजिक सदभावमा खलल पार्ने काम राज्यले तत्काल बन्द गर्नु पर्ने उल्लेख गरिएको छ ।
त्यस्तै तमलोपाले आन्दोलनको माग पुरा नभएसम्म कुनै पनि खालको निर्वाचन मधेशमा नहुन दिने चेतावनीसमेत दिएको छ ।
मधेशी मोर्चाले राखेको ११ बुँदे मागलाई समर्थन गर्दै मधेशीको जनजिविकासँग जोडिएको सवालहरुमा तमलोपाले ध्यान केन्द्रीत गरेको छ ।
मधेश आन्दोलन तीनमा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिदै पार्टीले सञ्चार माध्यमको भूमिका प्रति सराहना गरेको छ ।
तमलोपाको प्रथम महाधिवेशन नवलपरासीमा
तराई मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन नवलपरासी जिल्लाको रामग्राममा हुने निर्णय गरिएको छ ।
असाढ ६,७ र ८ गते हुने महाधिवेशनका लागि विभिन्न समितिहरु पनि निर्माण गरिएको छ ।




