Capture

हुलाकी न्यूज, महोत्तरी १९ बैशाख । महोत्तरीका स्थानीयबासीले जनकपुर–भिठ्ठामोड सडकखण्ड निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । ‘सडक बनाऊ या फाँसी देऊ, किस्ताबन्दीमा मृत्यु चाहिँदैन’ भन्दै आइतबार महोत्तरीका सुन्दर अभियानीहरूले पिपरामा एकघण्टा सडक अवरुद्ध पारे ।

जीर्ण सडकका कारण दुर्घटना बढ्दै गएको छ भने स्वास्थ्यमा पनि प्रतिकुल प्रभाव परेको छ । सडक कालोपत्रेको काम नथालिएसम्म आन्दोलन नरोकिने पनि अभियानीहरूले चेतावनी दिएका छन् । एक वर्षअघि सुन्दर अभियानीहरूले गरेको आन्दोलनपछि सरकारले २५ करोड विनियोजन गरेको थियो । तर, अझै पनि सडक निर्माण सुरु हुन सकेको छैन ।

सडक बनाउन सरकारले ध्यान नदिँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । गर्मीमा धुलो र वर्षात्मा हिलोका कारण चालक र यात्रु वर्र्षौदेखि सास्ती खेप्दै आएका छन् । भारतसँग जोडिएको यो सडक निर्माणमा ध्यान नपुग्दा भारतीय पर्यटकको आगमनसमेत घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.