Terai_enjiniyer_samaj
हुलाकी न्यूज, काठमाठौं १९ बैशाख । तराई इन्जिनियर समाजको साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार भएको वार्षिक साधारण सभाबाट ई.दिलीप कुमार झाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

नव कार्य समितिको उपाध्यक्षमा ई.उमा शंकर साह, महासचिवमा ई.आनन्द सिंह, सचिवमा ई.हरिनारायण यादव र कोषाध्यक्षमा ई.ज्योतिप्रकाश चौधरी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ई.मनिष कुमार, ई.बरुण कुमार सिंह, ई.नविन मण्डल, ई.रामबृक्ष यादव र ई.विश्व रन्जन मिश्र रहेका छन् ।

तराई इन्जिनियर समाजका पूर्व अध्यक्ष तुलानारायण साहलगायतका व्यक्तिहरुको उपस्थितिमा समाधारण सभा भएको थियो ।

नयाँ कार्यसमितिका पदाधिकारीहरुले इन्जिनियर समाजलाई थप सुदृढ गरेर अगाडि बढाउने बताउँदै तराई–मधेशको हकहितमा सर्मपित रहने बताए ।

Terai_enjiniyer_samaj-2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.