Tamalopa_central_commiti
हुलाकी न्यूज, जनकपुरधाम १८ बैशाख । तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजबाट जनकपुरधाममा सुरु भएको छ ।

भोलिसम्म चल्ने उक्त बैठकमा पार्टी महाधिवेशन तथा आन्दोलन लगायतका विषयमा छलफल हुने र निर्णय लिइने केन्द्रीय सदस्य सुरेश मण्डलले बताए ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता मण्डलले पार्टीको महाधिवेशन प्रमुख एजेण्डा भएपनि आन्दोलनलाई केन्द्रमा राखेर छलफल हुने बताए ।

उनले बैठकमा सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको जनाए ।

Tamalopa-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.