Capture

हुलाकी न्यूज, काठमाडौं १७ बैशाख । सत्तारूढ दल एकीकृत नेकपा माओवादीले सरकार मधेश समस्या समाधान गर्न असफल भएको निष्कर्ष निकालेको छ ।

काठमाडौंको लाजिम्पाटस्थित प्रचण्ड निवासमा शुक्रवार बसेको स्थायी समितिको बैठकले सरकार मधेश समस्या, पुनर्र्निर्माण, संविधान कार्यान्वयन र राष्ट्रिय सहमतिको सरकार गठनमा असफल भएको निष्कर्ष निकालेको हो ।

अहिलेका समस्या समाधानमा गम्भीर भएर अघि बढ्न पनि एमाओवादीले सरकारलाई सुझाव दिएको छ ।

एमाओवादीले राष्ट्रिय सहमतिका लागि सत्तारूढ दलहरू, नेपाली कांग्रेस र मधेशी मोर्चासँग छलफल गर्ने पनि जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.