Kalo_jhanda_2
हुलाकी न्यूज, काठमाडौं १७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २७ दलीय संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार सरकारी कार्यालयहरुमा कालो झण्डा लगाएका छन् ।

दोस्रो चरणको कार्यक्रम अन्तरगत गठबन्धनका दलहरुले देशैभरीको सरकारी कार्यालयहरुमा कालो झण्डा गाडि रहेको गठबन्धनले जनाएको छ ।

कालो झण्डा गाड्ने कार्यक्रममा मधेशका जिल्लाहरुमा अधिकांश उपस्थिति रहेको छ ।

यसअघि १५ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको थियो ।

१९ गते मजदुर दिवसको अवसरमा गठबन्धनले जिल्ला सदरमुकामहरुमा अन्तरक्रिया, रैली तथा कोण सभा गर्ने छ ।

तस्बिर : सर्लाहीका सरकारी कार्यालयमा कालो झण्डा लगाउँदै गठबन्धनका कार्यकर्ताहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.