
हुलाकी न्यूज, जनकपुरधाम १७ बैशाख । महाधिवेशनको तयारीमा रहेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का चार जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।
केन्द्रीय सदस्यसहित धनुषा जिल्ला कार्यसमितिका पदाधिकारीलगायत २९ जनाले संयुक्त रुपमा पार्टी परित्याग गरेको जनाएका छन् ।
मधेश आन्दोलनमा जनताको चाहना विपरित काम गर्दै आएकोले पार्टी परित्याग गरेको उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धनुषाका सहसचिव कुमोद प्रसाद साहद्वारा जारी विज्ञप्ती अनुसार पार्टीका केन्द्रिय अध्यक्ष विजय कुमार गच्छदारलाई मधेशी जनताको विपरित नजान पटक पटक जानकारी तथा अल्टीमेट दिदा पनि सुनवाई नगरेको र केन्द्रिय कार्यसमितिको सल्लाह सुझाव विना सत्ताको लोभमा सरकारमा गएकोले पाटी परितयाग गरिएको छ ।
पार्टी परित्याग गर्ने केन्द्रीय सदस्यहरुमा इ.कृष्ण प्रसाद साह, देवेन्द्र यादव, उर्मिला महतो, मनोज कुमार मण्डल छन् । त्यस्तै धनुषाका जिल्ला उपाध्यक्ष विरेन्द्र यादव, जिल्ला कोषाध्यक्ष चन्द्रदिप गोइत यादव, सहसचिव त्रय रामपुकार महतो, सुनिल कुमार यादव र कुमोद प्रसाद साहले संयुक्त रुपमा पार्टी परित्याग गरेको जनाएका छन् ।
अन्य पार्टी परित्याग गर्नेहरुमा धनुषा कार्यसमितिका १३ जना, एक जना सल्लाहकार, ६ वटै क्षेत्रका क्षेत्रिय अध्यक्षलगायतका छन् ।




This opportunistic Gachhedaar deserves this type of treatment. He is in politics only for sticking to any ministry. He cannot live without a ministry portfolio. He doesn’t have any public welfare agenda except ministry by hooks and Crook.