Mithila
हुलाकी न्यूज, काठमाडौं १६ बैशाख । संघीय राज्यमा मिथिला र मैथिलीको पहिचान र पहुँच बारे काठमाडौंमा अन्तरक्रिया हुने भएको छ ।

मिथिला राज्य संघर्ष समिति, जनकपुरधामले १८ गते शनिबार काठमाडौंको टेकुस्थित मसला कटेजमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको छ ।

समितिका संयोजक परमेश्वर कापैडले हुलाकी न्यूजसँग कुराकानी गर्दै मिथिला राज्य संघर्ष समितिको धर्नामा भएको बंम विस्फोटमा सहिद भएकाहरुको सम्झनामा उक्त कार्यक्रम गर्न लागिएको बताए ।

उनले संविधानले अहिलेसम्म मधेशी–मैथिलहरुको माग पुरा गर्न नसकेको विषयमा पनि उक्त अन्तरक्रियामा चर्चा हुने बताए ।

मधेश–मिथिलाप्रति चासो राख्ने व्यक्तिहरुको अन्तरक्रियामा सहभागिता रहने संयोजक कापैडले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.