Petrol_pumpहुलाकी न्यूज, जलेश्वर १६ बैशाख । उपभोक्ता गठी गरेको अभियोगमा महोत्तरीका दुई पेट्रोल पम्पमाथि कारवाही गरिएको छ । कम परिमाणमा इन्धन बेचेर उपभोक्ता ठगी गरेको अभियोग ती पेट्रोल पम्पहरुमाथि लगाइएको छ ।

सहायक सिडिओ किरण थापाको नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले जलेश्वर– ५ स्थित न्यू विकास आयल स्टोर्स र रामगोपालपुर ७ स्थित महालक्ष्मी आयल स्र्टोसले कम परिमाणमा डिजेलरपेट्रोल बिक्री गरेर उपभोक्ता ठगी गरेकाले दुई पम्पमाथि कारवाही पक्रिया अगाडि बढाएको प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताएका छन् ।

सहायक सिडिओ थापाको नेतृत्वमा गएको प्रहरीसहितको अनुगमन टोलीले रामगोपाल ७ स्थित महालक्षमी आयल स्टोर्सस्मा पाँच लिटर पेट्रोलमा १ सय ९० मिलिलिटर र पाँच लिटर डिजेलमा १ सय १० मिलिलिटर कम तेल बिक्री गरेको प्रमाणित भएपछि उक्त पम्पका संचालक औरही ५ बस्ने मुकेश चौधरीलाई नियन्त्रणमा लिएका हुन् ।

त्यस्तै जलेश्वर ५ स्थित बिकास आयल स्टोर्सस्मा पाँच लिटर डिजेलमा ८० मिलिलिटर र पाँच लिटर पेट्रोलमा १ सय ९० मिलि लिटर तेल कम गरेर बेचेको पाइएकाले उक्त पम्पका कामदार मनोज साहलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिइएको छ । उनीहरु विरुद्ध ठगी मुद्दामा अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले बताए। धेरै पेट्रोल पम्पहरुमा कम डिजेल पेट्रोल बिक्री वितरण हुँदै आएको जनगुनासो आउने गरेकोले उपभोक्ता ठग्ने पम्पलाई कारवाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट खटिएको सहायक सिडिओको नेतृत्वमा प्रहरीसहितको टोलीले अनुगमन सुरु गरेका आजको नागरिक दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.