
हुलाकी न्यून, सप्तरी १५ बैशाख । स्वास्थ्यकर्मीहरूको संयुक्त ट्रेड युनियन सञ्जालको नेतृत्वमा सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीहरूले थालेको धर्नाको बुधवार ६ दिन पुगेको छ ।
स्वास्थ्यकर्मीहरूले आफूहरूले राखेको पाँचबुँदे माग पूरा नभएसम्म धर्ना नरोक्ने चेतावनी दिएका छन् ।
उनीहरूले स्वास्थ्य संस्थाहरूमा भएको औषधीको चरम अभाव अन्त्य गर्नुपर्ने, ज्येष्ठताका आधारमा स्वास्थ्य सेवा ऐन बमोजिम स्वास्थ्य संस्थाका प्रमुख हुने व्यवस्था गर्नुपर्ने, ट्रेड युनियन र जिल्ला जनस्वास्थ्य कार्यालयबीच विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्नेलगायत माग राखेका छन् ।



