Dowry_system_दहेज
बबिता राउत

गत छठमा घर जाँदा मेरो भेट छिमेकी गाउँका महेन्द्र रामसंग भयो । मैले अचानक सोधे ‘बेटीके कतेक तक पढेलियै ?’

उनको सिधा जवाफ थियो, ‘कि करबै कनियाँ, बेटी के पढाइए कऽ जते बेसी पढेबै ओते बेसी पैसा बियाहके लेल खर्च हेतै । पोरे साल से स्कूल जाइल छोडा देलिय, ३ मे रहै ।’

हाम्रो समाजमा अहिले पनि छोरीलाई बोझको रुपमा र पराइ धनको रुपमा सम्झनेहरू थुप्रै छन्, महेन्द्र राम त प्रतिनिधि पात्र मात्र हुन् । छोरीको बिहे गरिदए पछि सबै जिम्मेवारीबाट मुक्त हुने सोचले जरो गाडेको हाम्रो समाजमा छोरी अन्मनाएपछि टाउको नै हल्का हुने महसुस गर्छन् ।

कारण जरो गाडी बसेको दहेज प्रथा हो भनि सजिलै ठम्याउन सकिन्छ । विशेष गरी मधेशी समाजमा धेरै कुप्रथामध्येको एक दहेज प्रथा पनि हो ।
Babita_raut_profile
यही कुप्रथाका कारण छोरीलाई बोझको रुपमा लिइन्छ । अझ छोरीहरुको संख्या केहि बढी छ भने आमा बुवाको जीवन छोरीहरुको बिहेमा काढेको ऋण तिर्नमै बित्ने गरेको छ ।

यसको उत्पतिका कारण केलाउनुभन्दा यसलाई कसले बढावा दिदैछ भन्ने जान्नु जरुरी छ ।

प्रष्टै के देखिन्छ भने दहेज प्रथालाई समाजका धनी भनाउँदाहरू, पढेलेखेका डाक्टर, इन्जिनीयर, शिक्षक, वकीलले नै बढी जोड दिएका छन् । जति बढी पढेका उति धेरै मांग अर्थात जो बढी ज्ञानी उ त्यति जिम्मेबार ।

जो बढी जान्ने ज्ञानगुणका कुरा बाँडने ऊ त्यती ठूलो छोराछोरीका व्यापारी, त्यती ठूलो दहेज कारोवारी । अबको युगमा यि ज्ञानीहरूलाई कस्ले सिकाउने कि छोराछोरीको तोलमोल गरी किनमेल गर्नु सामाजिक अपराध हो ।

समाजमा गरिबहरू झन्–झन् गरिब र धनीहरू झन्–झन् धनी हुदैं जाँदा धनी र गरिब बिचको खाडल दिनानुदिन बढ्दै गइरहेको छ ।

यस प्रथाको कुप्रभावले गर्दा कैयन चेलीहरू घरेलु हिंसाका शिकार भएका छन् भने कैयनलाइ आत्महत्या गर्न बाध्य पारिएको छ । सन २०१५ मा मात्र ५ हजार ३ सय ८२ घरेलु हिंसामध्ये ८ सय ७९ जना महिलाहरु दाइजोसँग सम्बन्धित हिंसामा परेका छन् । त्यसमध्ये ९ जनाले मृत्युवरण गरेका छन् ।
Women_violence_2015अब दहेज जस्ता कुप्रथाको अन्त्य हुनुपर्ने समय आएको छ । यसमा हुने लेनदेन प्रतिको सोच बदल्नु पर्ने छ । छोराछोरीप्रति समान शिक्षा र सम्पतिमा समान हक कायम गर्नेतिर सामाजिक तथा कानूनी पहल भए केही हदसम्म दहेज कुप्रथा निर्मुल हुनेछ ।

छोरी शसक्त भए बुहारी शसक्त हुन्छन्, त्यस्तै बुहारी शसक्त भए छोरी शसक्त हुन्छन् । केवल रूप मात्रै त फरक हुन् । अझ बुझ्नुपर्ने कुरा के हो भने विवाह द्वीपक्षिय आवश्यकता हो । केटीको मात्र गर्नु पर्छ भन्ने होइन, झन् केटाका लागि अधिक आवश्यक छ । जहाँसबै त्याग केटीको मात्रै छ ।

आफ्नो जन्मघर त्याग्नु, आफ्ना चिनजानका सबै व्यक्ति आमा–बुवा त्यागी पराइको घरमा गइ नयाँ वातावरणमा आफ्ना इच्छा आकांक्षालाई दबाउनु । आफूलाई पूर्ण परिवर्तन गरी ‘अजनवी’का कूल–खान्दान अगाडि बढाउन मात्र संघर्ष गर्नु कम आँटका कुरा होइनन् । यस्ता त्याग तपस्यालाई मोलतोल गरि सम्पूर्ण नारीकै अबमूल्यन भइरहेको छ ।

विवाह भएर गएको दिन केटीले के–के ल्याए भनि बडो चासोका साथ छलफल हुने गर्दछ । दाइजोको रुपमा दिएको नगद, सुनचाँदी, गाडी आदि के छोरीले उपभोग गर्छन् त ?

छोरीले त नगद हेर्न पनि पाउँदैनन्, सदुपयोगको त टाढाको कुरो हो । यसले झन् शारिरीक, मानसिक, मनोवैज्ञानिक तथा भौतिक हिंसाको रूप लिएको पाइन्छ ।

तसर्थ जति धेरै दहेज लियो त्यति धेरै शान देखाउने, नाक फुलाउनेलाई निरूत्साहित गर्नु जरूरी छ । यस्ता व्यक्तिलाई सामाजिक बहिष्करण गर्नु जरूरी छ । ‘बुहारीमाथि दमन–हिंसा गर्नु भनेको छोरीमाथि दमन–हिंसा गर्नु हो’ यही बुझ्नु जरुरी छ र बुझाउनु पर्नेछ ।

Babita_raut
(लेखिका : महिला अधिकारकर्मी हुनुका साथै त्रिभुवन विश्व विद्यालयबाट शिक्षा तथा समाजशास्त्रमा स्नाकोत्तर गरेकी र एक्सन एड इन्टरनेसनलका पूर्व फेलो पनि हुन् ।)  [email protected]

2 COMMENTS

  1. यौ बबिता जि अपन राजधोव म और बेसि देहेज लैत है
    अभि ये गोरपार स एक लड्की क सादी कटैया म भेरहल छै ओकर देहेज सुनबैत

  2. यति मात्रै कहाँ हो र, हामी बोल्ने, लेख्नेहरु पनि कुनै न कुनै ढंगबाट यसको पक्षमा देखिन्छौ । अब हेर्नोस् न, यो विचारमै डाक्टर/इन्जिनियर… सबैले दहेज लिएकाे भनिएको छ । कतै हामी पनि त्यसमा संलग्न छौं कि, आफैले आफैलाई हेर्दा हुन्छ ?
    पक्कै पनि उन्मुलन पार्न कडा कानून त चाहियो नै, तर हामीलाई अब छलफल चलाउनुपर्छ कि दाईजो लिएर बिहेवारी गर्ने परिवारलाई बरु बहिष्कारै गर्नुपर्यो भनेर । तर, यो एक-दुई जनाले हुँदैन, आज भोलि दहेजविरुद्ध बोल्नेहरु पनि बढी नै भएको छ । कम्तीमा दहेजविरोधी आवाजहरु एक भई बहिष्कारको कदम(छलफल) उठाउनुपर्यो ???

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.